वाच्य भनेको भनाइ हो । वाक्यमा कर्ता, कर्म, क्रियामध्ये कुनै एकको प्रधानता व्यक्त गर्ने प्रक्रियालाई वाच्य भनिन्छ । अथवा वाक्यमा प्रयोग हुने कर्ता, कर्म र क्रिया मध्ये कुन चाहिँ प्रमुख छ भनेर छुट्टाउने व्याकरणको तत्त्व वाच्य हो ।
वाच्य तीन प्रकारका हुन्छन् :-
१. कर्तृवाच्य
कर्ता मुख्य ( वाच्य ) हुने वाक्यलाई कर्तृवाच्य भनिन्छ ।
जस्तै :- सीता भात खान्छे ।
२. कर्मवाच्य
कर्ता गौण भई कर्म मुख्य ( वाच्य ) हुने वाक्यलाई कर्मवाच्य भनिन्छ ।
जस्तै :- तिमीद्वारा किताब पढिन्छ ।
३. भाववाच्य
भाव मुख्य ( वाच्य ) हुने वाक्यलाई भाववाच्य भनिन्छ ।
जस्तै :- रामबाट सुतिन्छ ।
वाच्य परिवर्तन सम्बन्धी नियमहरू :-
१. कर्तृ वाच्यलाई कर्म तथा भाव वाच्यमा परिवर्तन गर्ने ।
२. कर्म वाच्यको कर्ता पदमा द्वारा जोड्नु पर्छ ।
३. प्रत्यक्ष कर्ममा लागेको ‘लाई’ हटाउनु पर्दछ ।
४. अप्रत्यक्ष कर्ममा लागेको ‘लाई’ यथावत राख्नुपर्छ ।
५. प्रथम पुरुषको कर्ता पद भएमा मिलेसम्म आफू/आफू त लेख्नु पर्छ ।
६. आज्ञा र इछ्या बुझाउने क्रियालाई एक वचनमा भए ‘धातु + इयोस’ को ढाँचामा देखाउनु पर्छ भने बहुवचन भएमा ‘धातु+इयुन’ को ढाँचामा देखाउनु पर्छ ।
७. अकर्मक कर्तृ वाच्य भाव वाच्यमा रुपान्तरण हुन्छ ।
८. भाव वाच्यमा कर्ता देखाउनु पर्दैन ।
९. भाव वाच्यको क्रिया सधैं एकवचन, तृतीय पुरुषको पुलिंगी र अनादरवाचीमा रहनु पर्छ ।
१०. वाच्य परिवर्तन गर्दा क्रियाको काल, भाव, पक्ष परिवर्तन गर्नु हुँदैन ।
११. कर्म+भाव वाच्यका क्रियापद ‘धातु+ई+रुपायक’ प्रत्ययको ढाँचामा हुनुपर्दछ ।