आदर - Respect

बोलिवचनका क्रममा एकअर्काप्रति प्रकट गरिने मानको तह नै आदर हो । समाजको मर्यादा क्रम अनुसार तँ / ऊ, तिमी/ उनी, तपाईं / उहाँ जस्ता सर्वनाम नाम र तिनको आधारमा क्रियापद प्रयोग गर्नु आदर हो । नेपालीमा आदर चार किसिमका छन् :-

१. अनादर
आदरको सबैभन्दा सानो तह अनादर हो । यसलाई निम्न आदर वा शून्य आदर पनि भनेको पाइन्छ । जस्तै :- तँ, ऊ, त्यो, केटो, छोरो आदि ।

२. मध्य आदर
अनादरभन्दा आदरको माथिल्लो तह मध्य आदर हो । यसलाई सामान्य आदर पनि भनेको पाइन्छ । जस्तै :- तिमी, उनी, यिनी, ती, यी आदि ।

३. उच्च आदर 
मध्यभन्दा माथिल्लो तहको आदर उच्च आदर हो । तपाईं र सर्वनामले उच्च आदर जनाउँछन् ।

४. अति उच्च आदर 
सबैभन्दा माथिल्लो तहको आदर अत्युच्च आदर हो । हजुर शब्दले अत्युच्च आदरलाई जनाउँछ ।

नेपालीमा नाम, सर्वनाम, विशेषण र क्रियाले मात्र आदरलाई जनाउँछन् । नाम तथा विशेषणले आदर र अनादरको मात्र भेद जनाउँछन् । सर्वनाम तथा क्रियामा आदरका सबै तह पाइन्छन् ।