प्रेरणा बुझाउने वाक्यलाई प्रेरणार्थक वाक्य भनिन्छ । कुनै पनि काम आफूले नगरेर अन्यबाट काम गर्न लगाउने अथवा काम कसैबाट प्रेरित भएर भएको हो भन्ने अर्थ बुझाउन गरिएको वाक्य, क्रियापद वा अन्य शब्दमा गरिने परिवर्तनलाई प्रेरणार्थक वाक्री भनिन्छ ।
प्रेरणार्थक क्रियाले कर्ताबाट कार्य नभई उसले अरुलाई कार्य गर्नका लागि प्रेरित गरेको कुरा स्पष्ट देखाएको हुन्छ । यस्तो वाक्यमा प्रेरणात्मक धातुबाट बनेका क्रियापदको प्रयोग हुन्छ ।
प्रेरणार्थक वाक्य बनाउने नियम :
१. वाक्यको भाव सुहाउँदो नयाँ प्रेरक कर्ता थप्ने ।
- बहिनी नाचेकी छे । = रामले बहिनीलाई नचाएको छ ।
२. प्रश्नमा रहेको वाक्यको कर्तालाई थपिएको प्रेरक कर्तापछि राख्ने ।
- आमा कलम किन्दै हुनुहुन्छ । = सीता आमालाई कलम किनाउँदै छे ।
३. प्रश्नको वाक्यमा रहेको 'कर्ता' मा 'लाई' विभक्ति चिन्ह जोड्ने । प्रश्नमा रहेको उक्त कर्ता गौण कर्ममा बद्लिन्छ ।
- बालक सुत्छ । = दीपा बालकलाई सुताउँछे ।
४. क्रियाको धातुमा आउ, याउ, आलु, आएको जस्ता सुहाउँदो प्रत्यय जोड्ने ।
५. नयाँ प्रेरक कर्ताको लिङ्ग, वचन, पुरुष र आदर अनुसार क्रिया मिलाउने ।
६. प्रश्नको वाक्य जुन काल र पक्षमा छ, प्रेरणार्थक वाक्य बनाउँदा पनि त्यही काल र पक्ष मिलाउने ।