व्यक्ति बुझाउने व्याकरणिक कोटि पुरुष हो । कुराकानीका सन्दर्भमा आउने वक्ता श्रोता र विषयलाई पुरुष भनिन्छ । नेपालीमा पुरुष तीन थरीका हुन्छन् :-
१. प्रथम पुरुष
बोल्ने व्यक्ति वा वक्ता जनाउने पुरुष प्रथम पुरुष हो ।
म, हामी, आफू, स्वयं प्रथम पुरुष हुन् ।
२. द्वितीय पुरुष
कुराकानीका क्रममा आउने श्रोतालाई बुझाउने शब्दहरू द्वितीय पुरुष हुन्छन् । तँ, तिमी, तपाईं, हजुर द्वितीय पुरुष हुन् ।
३. तृतीय पुरुष
वक्ता र श्रोताका विषयका रूपमा आउने शब्दहरू तृतीय पुरुष मानिन्छन् । ऊ, उनी, उहाँ, यो, त्यो, यिनी, तिनी आदि सर्वनाम र सबै नामहरू तृतीय पुरुष हुन् ।