करण अकरण - Karan Akaran

सकारात्मक अर्थ बुझाउने क्रियापद करण र नकारात्मक अर्थ बुझाउने क्रियापद

अकरण हुन् । करण र अकरण वाक्यमा प्रयोग भएको क्रियापदको अर्थसँग सम्बन्धित विषय
हुन् । करण र अकरणलाई वाक्यमा उल्टो अर्थ दिने भनेर बुझ्नु हुँदैन।क्रियापदमा
सुरुमा, बिचमा र अन्त्यमा ‘न‘ थपेर अकरण बनाइन्छ। वाक्यको उल्टो अर्थ आउने अर्थ
लेख्दा अकरण हुँदैन (‘राम घर जान्छ' को अकरण ‘राम वन जान्छ' होइन, ‘राम
घर जाँदैन'
हो।)। यसरी अकरण बनाउँदा क्रियापदमा ध्यान दिनुपर्छ ।

करणबाट अकरण बनाउने नियम :

१. क्रियाको अर्थलाई करणबाट अकरण बनाउन करण क्रियामा 'न' राख्नुपर्छ 'न' करण क्रियाको अगाडि, बीच र पछाडि मिल्ने गरि प्रयोग गर्नुपर्छ ।

२. करण क्रियालाई अकरण क्रिया बनाउन कालका सबै पक्षका अकरण रुपावली जानेको हुनुपर्छ । 

३. गरोइन, परोइन जस्ता क्रियालाई सामान्य सम्भावनाका अकरण रुपमा नगर्ला, नपर्ला बुझ्नुपर्छ । गरोइन करण गर्ला, परोइनको करण पर्ला हुन्छ ।

४. सम्भावना, इच्छा र आज्ञा वाक्य भए सो क्रियापदको अगाडि न थपेर अकरण बनाउनुपर्छ ।
 

करण-अकरण
परिवर्तन गर्दा केही शब्द निम्नअनुसार परिवर्तन गर्नुपर्छ ।



जुन
पनि- कुनै पनि                          
जति – कत्ति



सबै -
कोही पनि                            
जहाँसुकै/ जतासुकै - कतै पनि



जहाँ
पनि – कहीँ पनि                       
चौपट्टै/ ज्यादै – पटक्कै/ कत्ति पनि



जो पनि –
कोही पनि                        
असाध्यै – पटक्कै



जे पनि -
केही पनि                          
सधैँ – कहिल्यै  
 
करण क्रियालाई अकरण बनाउने तरिका :

क्रियाको अन्त्यमा 'न' लगाएर :
जान्छ,लेख्यो,जाने छ      
= जाँदैन, लेखेन, जाने छैन

क्रियाको बीचमा 'न' लगाएर :
गएछ, डुल्थे, लेखेछ     
= गएनछ, डुल्दैनथे, लेखेन्छ

क्रियाको सुरूमा 'न' लगाएर :
गर्, जाउँला, पुग्ली          
= नगर्, नजाउँला, नपुग्ली
 
 


करण



अकरण



- हरि
जहिल्यै पढ्छ।


- मृग हो।


- हरि  हिँड।


- तिमी
सुतिछ्यौ ।


- म पढौँला ।


- आमा जापान
पुग्नुभएको हुनेछ।


- हरि गए
श्याम जान्छ।


- आगो तातो
हुन्छ ।



- हरि
कहिल्यै पढ्दैन। (अन्त्यमा ‘न‘ थपेको)


- मृग होइन।


- हरि नहिँड
।(सुरुमा ‘न‘ थपेको)


- तिमी
सुतिनछ्यौ । (बिचमा ‘न‘ थपेको)


- म नपढौँला।


- आमा जापान
पुग्नुभएको हुनेछैन।


- हरि नगए
श्याप जाँदैन ।(दुवै क्रियामा ‘न‘ थपेको)


- आगो तातो
हुँदैन (भनेर हरिले रामलाई जिस्क्यायो)।


(आगो तातो
नहुने होइन भनेर बनाइराख्नु पर्दैन।)