कारक र विभक्ति - KARAK RA BIBHAKTI

क्रियासँग सम्बन्ध राख्ने नाम वा सर्वनामलाई कारक भनिन्छ । कारक बुझाउने चिह्नलाई विभक्ति भनिन्छ । अथवा क्रियाको प्रकार्यसित सम्बन्ध राखी वाक्यमा कर्ता, कर्म, करण आदि भूमिका निवार्ह गर्ने नामिक पदलाई कारक भनिन्छ । त्यस्तै वाक्यमा प्रयुक्त नामिकपदको कामलाई विभक्त गर्ने प्रत्ययलाई विभक्ति भनिन्छ ।

कारक र विभक्तिका प्रकार :

निम्नअनुसार राखेर
अध्ययन गर्न सकिन्छ । 



कारक



भूमिका



 विभक्ति



विभक्ति चिह्न



उदाहरण



कर्ता



काम गर्ने


(कसले/को ?)



प्रथमा



ले/बाट/द्वारा


 



पुस्तक पढ्छु ।



कर्म



कामको असर पर्ने


(के/कसलाई ?)



द्वितीय



लाई/कन



तिमीले रामलाई पिट्यौ।



करण



काम गर्ने साधन


हेतु/कारण


(केले / केको सहायता?)



तृतीय



ले/बाट/ द्वारा



कलमले लेख्छ ।


ज्वरोले थला परियो ।



सम्प्रदान



जसका लागि काम गरिन्छ


(प्रापक/ कसलाई ?)



चतुर्थी



लाई/लागि/ निम्ति



बाबाले आमालाई सारी
किनिदिनुभयो।



अपादान



छुट्टिने स्थान/ सुरु हुने समय  (कहाँबाट ? )



पञ्चमी



देखि/बाट



विराटनगरबाट आयो।



सम्बन्ध



-



षष्ठी



को/का/की/रो/


रा/री/नो/ना/नी



हरिकी दिदीको बिहे भयो।



अधिकरण



अधार दिने


(कहाँ)



सप्तमी



मा/माथि/भित्र


विषे/मुनि



गिलासमा चिया छ।



सम्बोधन



-



-



ए/हे/ओ



­­! राम....



१)     रामले
जङ्गलबाट हँसियाले घाँस काटेर डोकामा हालेर ल्यायो र भैँसिलाई दियो ।


राम= कर्ता     जङ्गलबाट= अपादान    घाँस= कर्म    हँसिया= करण   डोको= अधिकरण    भैँसी= सम्प्रदान