वचन - Grammatical number

नाम, सर्वनाम, विशेषण, क्रियाको एक वा एकभन्दा बढी सङ्ख्याको बोध गराउने शब्दलाई वचन भनिन्छ ।

वचन दुई प्रकारको हुन्छन् :-

१. एक वचन
एकमात्र वस्तु वा व्यक्तिको बोध गराउने शब्दलाई एकवचन भनिन्छ । एकवचनले एक सङ्ख्यालाई जनाउँछ । जस्तै :- किताब, खान्छ, म, तिमी, रातो, केटो आदि ।

२. बहुवचन 
दुई वा बढी वस्तु वा व्यक्तिको बोध गराउने शब्दलाई बहुवचन भनिन्छ । बहुवचनले बढी सङ्ख्यालाई जनाउँछ । जस्तै :- हामी, राता, उनीहरू, खान्छौ, हिँड्छन्, पाठकवर्ग आदि ।
                                         
एकवचनलाई बहुवचनमा परिवर्तन गर्न सकिने तरिका :

१. शब्दमा 'हरू' थपेर बहुवचन बनाइन्छ ।
जस्तै :- कुर्सी = कुर्सीहरू

२. पदको अन्त्यमा भएको 'उ', 'ओ' वर्णलाई 'आ' मा बदलेर बहुवचन बनाइन्छ ।
जस्तै :- चरो = चरा

३. पदमा वृन्द, वर्ग, गण आदि जोडेर बहुवचन बनाइन्छ ।
जस्तै :- छात्र - छात्रवर्ग 

४. विभिन्न प्रत्यय जोडेर पनि बहुबचन बनाइन्छ । 
जस्तै :- लेखेछ = लेखेछन् 

५. रुप फेरेर र 'हरू' थपेर पनि बहुवचन बनाउन सकिन्छ ।
जस्तै :- त्यो = तिनीहरू