स्त्री वा पुरुष अर्थात् भाले वा पोथी जाति छुट्याउन वा बुझाउनका निम्ति प्रयोग गरिने व्याकरणात्मक चिह्नलाई लिङ्ग भनिन्छ । लिङ्ग मूलतः पुलिङ्ग र स्त्रीलिङ्ग गरी दुई प्रकारको हुन्छ । भाले जाति बुझाउने पदलाई पुलिङ्ग र पोथी जाति बुझाउने पदलाई स्त्रीलिङ्ग भनिन्छ।
पुलिङ्ग स्त्रीलिङ्ग
काका काकी
छोरो छोरी
गाई गोरु
थारु थरुनी
लेख्यो लेखी
पुलिङ्गलाई स्त्रीलिङ्गमा लैजाने तरिका :
१. पुलिङ्ग शब्दको पछडि 'नी' जोडेर ।
जस्तै :- नाति = नातिनी
२. पुलिङ्ग शब्दमा इनी / एनी प्रत्यय लागेर ।
जस्तै :- थापा = थपिनी
३. पुलिङ्ग शब्दमा 'ई' प्रत्यय जोडेर ।
जस्तै :- केटो = केटी
४. पुलिङ्ग शब्दको आधार पदमा 'इका' प्रत्यय लगाएर ।
जस्तै :- लेखक = लेखिका
५. विभिन्न प्रत्यय जोडेर ।
जस्तै :- छात्र = छात्रा
६. एक रुपलाई अर्को रुपमा परिवर्तन गरेर ।
जस्तै :- भाले = पोथी
७. लिङ्ग परिवर्तन गर्दा पछाडिको शब्द जस्ताको त्यस्तै राखी अगाडिको शब्द परिवर्तन गरेर ।
जस्तै :- भाले खरायो = पोथी खरायो ।