व्याकरण शब्द वि + आ + कृ + अन अर्थात कृ धातुमा आ र वि उपसर्ग र अन प्रत्यय लागेर बनेको हो । व्याकरणको शाब्दिक अर्थ भाषिक नियम हो । भाषालाई शुद्ध - शुद्ध किसिमले बोल्न र लेख्न सिकाउने शास्त्रलाई व्याकरण भनिन्छ ।
व्याकरण त्यो विद्या हो जसद्वारा कुनै भाषा शुद्ध बोल्न, शुद्ध पढ्न र शुद्ध लेख्न सकिन्छ। कुनै पनि विकसित भाषा लेख्न, पढ्न र बोल्नलाई निश्चित नियम हुन्छन् भाषाको शुद्धता अनि सुन्दरतालाई बनाई राख्नका लागि यी नियमहरूको पालन गर्नु आवश्यक हुन्छ ।
नेपाली व्याकरणलाई पाँच भागमा बाँडिएको छ :
१. वर्णविभाग
२. शब्दविभाग
३. वाक्यविभाग
४. चिह्नविभाग
५. छन्दविभाग
१. वर्णविभाग = यस विभागमा अक्षरहरूको स्वरुप, किसिम, उच्चारण र मात्राहरूको वर्णन हुन्छ ।
२. शब्दविभाग = यस विभागमा शब्दको रुप र भेदहरूको वर्णन हुन्छ ।
३. वाक्यविभाग = यस विभागमा वाक्य बनाउने तरिका, वाक्यको रुप र भेदहरूको वर्णन हुन्छ ।
४. चिह्नविभाग = यस विभागमा विभिन्न किसिमका मनका भाव जाहेर गर्ने सङ्केत, चिह्न र विराम चिह्नहरूको वर्णन हुन्छ ।
५. छन्दविभाग = यस विभागमा मात्रा, छन्द, पद्य, रचना आदिको वर्णन हुन्छ ।