भाव भन्नाले मानसिक प्रतिक्रिया, प्रवृति, मनोवृति वा अर्थ भन्ने बुझिन्छ । यसैले क्रियाबाट निश्चय, अनिश्चय, सम्भावना, बिन्ती, इच्छा, आज्ञा आदि व्यक्त गर्नु क्रियाको भाव हो । यो सामान्यार्थ, विध्यर्थ र अनिश्चयार्थ गरी तीन किसिमको हुन्छ । केही मुख्य तल दिइएको छ :-
१) सामान्यार्थक :- क्रियाको सामान्य भाव बुझाउने
वाक्यलाई सामान्यर्थक वाक्य भनिन्छ। सामान्यर्थक वाक्यले सामान्य रूपमा हो वा होइन
भन्ने अर्थ आउने गरी क्रियाको भाव बुझाउँछ।
काल /
पक्षमा प्रयोग हुने सम्पूर्ण रूपहरू सामान्यार्थक वाक्य हुन् ।
- राम घर जान्छ ।
- राम घर गयो ।
- राम घर जानेछ । आदि
।
२) इच्छार्थक :- इच्छा, आशीर्वाद वा शुभकामनाको भाव बोक्ने
क्रियपदको प्रयोग भएको वाक्यलाई इच्छार्थक वाक्य भनिन्छ ।
·
प्रथम पुरुष
- म हिडूँ । ( धातु+ऊँ)
- हामी हिडौँ ( धातु+औँ)
·
द्वितीय परुष
- तँ डुलेस् । (धातु+ एस्)
- तिमी पढे । (धातु+ ए)
- तिमीहरू घर गए । (धातु+ए)
- तपाईँ पढ्नुहोओस् । (धातु+ नुहोओस्)
- हजुर पढ्नुहोओस् । (धातु+ होओस्)
·
तृतीय पुरुष
- ऊ पढोस् ।(धातु+ओस्)
- तिनीहरू पढून् । (धातु+ ऊन्)
- तिनीहरू डुलून् । (धातु+ऊन्)
- उनीहरू डुलून् ।
- राम डुलोस् । (धातु + ओस्)
- त्यो घर जाओस् ।
·
कर्मवाच्यलाई
इच्छार्थक बनाउँदा ‘इयून्‘ / ‘इयोस्‘ थप्ने
- (आँपहरू खाइन्छ ।) आँपहरू खाइयून् । (धातु+ इयून्)
- (हरिबाट भाइ पिटिन्छ) हरिबाट भाइ पिटियून् / पिटियोस् ।
३) आज्ञार्थक :- आदेश, आज्ञा वा अनुरोध गर्ने वाक्यलाई
आज्ञार्थक वाक्य भनिन्छ । (धातु+ र/ऊ/नु/खा/ इबक्सियोस्/ होस्)
- आज्ञार्थमा काल र पक्षको भेद हुँदैन । द्वितीय पुरुषमा
मात्र प्रयोग हुन्छ ।
- तँ र तिमी हुँदा आज्ञार्थक तपाईँ र हजुर कर्ता भए
अनुरोधार्थक क्रियापद हुन्छ ।
उदाहरण:
·
तिमी पढ ।
·
तिमी राम्ररी
पढ्नू
·
हरि र राम
स्कुल जाओ ।
·
तिमी खाना खाऊ
।
·
तपाईँ
लेख्नुहोसस् ।
४) सङ्केतार्थक :- कार्यकारण सम्बन्ध रहेको वाक्य सङ्केतार्थक
वाक्य हो। यसमा एउटा क्रियाले कारणको भाव बुझाउँछ भने अर्को क्रियाले कार्यको भाव
बुझाउँछ ।
- मन मिले बिहे हुन्छ ।
- मन मिल्यो भने बिहे हुन्छ ।
- आकाश गर्जे पानी पर्छ ।
- (सागर पौडी खेल्छ।) सागरले पौडी खेले हुन्छ ।
५) सम्भावनार्थक :- सम्भावना बुझाउने वाक्यलाई सम्भावनार्थक
वाक्य भनिन्छ ।
(धातु+उँला)
जाउँला/खाउँला/ घुमौँला/
जालास्/ खालास्/ घरमौली
घुम्लान्/घुम्लिन्/
जान्छन् होला/ भएको होला
- म पढुँला ।(सामान्य सम्भावना)
- तिमी पढदै हौला
- राम पढदै होला। (अपूर्ण सम्भावनार्थ)
- सीताले पढेकी होली ।(पूर्ण सम्भावनार्थक)