भाषा वर्ण अक्षर - Bhasha ra Byakaran

कुराकानीको माध्यम भाषा हो । मानव मानवबीच भावना वा विचार सम्प्रेषण गर्ने माध्यम भाषा हो । यो संसारमा ६ हजारभन्दा
ज्यादा भाषाको अस्तित्व रहेको बताइन्छ
। विचार विनिमय
गर्ने माध्यम भाषा हो ।
भाषाको प्रयोगले मानिसले आफ्नो ज्ञान र अनुभव बाँड्न र
ग्रहण गर्न पाएका छन् । मानव सभ्याताको विकासको प्रमुख कारण नै भाषा हो । भाषाको
विकास हुन लामो समय लागेको छ। भाषा एकछिनको प्रयासमा विकास हुने कुरा होइन।
निरन्तरको सामाजिक समझौतापछि भाषाको विकास भएको छ ।
प्रायः भाषालाई लिखित रूपमा व्यक्त गर्नको लागि लिपिहरूको सहायता लिनु पर्छ। भाषा र लिपि, भाव व्यक्तीकरणको लागि दुई विभिन्न माध्यम हुन । कुनै एउटा भाषालाई कयौँ लिपिहरूमा लेख्न सकिन्छ र दुई वा त्यो भन्दा बढी भाषाहरूलाई एउटै लिपिमा लेख्न सकिन्छ। नेपाली भाषा
नेपालभित्र त साझा सम्पर्क भाषा हुँदै हो र यो बाहेक नेपाल मूल भएका र नेपालसँग
कुनै न कुनै समयमा कुनै न कुनै प्रकारको सम्बन्ध कायम भएका विश्वमा छरिएर रहेका
विभिन्न जातिको  साझा सम्पर्क भाषाको रूपमा
नेपाली भाषाले काम गरेको छ। नेपाली भाषा यी सबैका लागि पहिचान र गौरवको विषय हो।
भाषालाई प्रयोगका आधारमा कथ्य र लेख्य गरी दुई भागमा विभाजन गर्न सकिन्छ । बोलचालमा प्रयोग हुने भाषालाई कथ्य भाषा भनिन्छ । लेखपढमा प्रयोग गरिने भाषालाई लेख्य भाषा भनिन्छ ।

नेपाली वर्णहरू :-  वर्ण भनेको भाषाको सबैभन्दा सानो टुक्रा हो । वर्ण भनेको भाषाका उच्चारित ध्वनिहरूको
समूह हुन् । वर्णविज्ञान अन्तर्गत भाषाका वर्णहरूको अध्यय गरिन्छ। नेपाली भाषामा
निम्न वर्णको प्रयोग भएको पाइन्छ ।





वर्ण :-
विभिन्न व्याकरणमा वर्णलाई आ-आफ्नै प्रकारले परिभाषित गरिएको पाइन्छ। चन्द्रिका व्याकरणअनुसार “बोल्दा खेरी आफ्नो मुखबाट जुन ध्वनि (आवाज) निस्कन्छ त्यसलाई वर्ण भन्दछन्।” वृहद् व्याकरणअनुसार “जुन वर्णात्मक ध्वनिको टुक्रा हुन सक्तैन त्यस्तो सग्लो ध्वनिलाई र त्यो ध्वनिलाई बुझाउने लेखिने अ, इ, ऊ, क, ख आदि चिह्नलाई वर्ण भन्दछन्।” वृहद् व्याकरणकै अनुरूप पूर्वोत्तर माध्यमिक व्याकरण र रचनाले दिएको वर्णको परिभाषा “टुक्राउन नसकिने ध्वनिको एकाइसूचक लिपि वा मूलध्वनिलाई वर्ण भनिन्छ।” उच्च माध्यमिक नेपाली व्याकरण र रचनाअनुसार “अर्थमा भिन्नता ल्याउने सबैभन्दा सानो एकाइ वर्ण हो।” उपर्युक्त व्याकरणहरूले दिएका परिभाषालाई विश्लेषण गरेर हेर्दा बोल्दा मुखबाट निस्कने सबै ध्वनि वर्ण हुन् भन्ने बुझिन्छ तर मुखबाट निस्कने सबै ध्वनि वर्ण हुन सक्तैन।
वर्ण भनेको भाषाको लघुतम एकाइ हो । यो अविभाज्य हुन्छ । मानवीय उच्चारण अवयवबाट उच्चरित हुने भाषाको सबैभन्दा सानो अर्थभेदक भाषिक एकाइलाई वर्ण भनिन्छ । भाषाको सबैभन्दा सानो अर्थ विभेदक ध्वनि वर्ण हो । नेपाली भाषामा वर्णलाई दुई भागमा विभाजन गरिएको छ । अंग्रेजीमा Vowel र Consonent भनेजस्तै नेपालीमा स्वर तथा व्यञ्जन वर्ण भनिन्छ ।  स्वर वर्ण भनेको अ, आ, इ, ई, उ, ऊ, ऋ, ए, ऎ, ओ, औ, अं, अः हुन भने व्यञ्जन वर्ण भनेको क देखि ज्ञ सम्मको वर्णलाई भनिन्छ ।
 क)  
नेपाली स्वरवर्ण


अन्य वर्णको सहायता नलिई आफैँ उच्चारण हुनसक्ने ध्वनि स्वर
ध्वनि हुन्। श्वासप्रवाहमा कुनै बाधा नभई उच्चारण गर्न सकिन ध्वनि स्वर ध्वनि
हुन्।
नेपालीमा लेख्य परम्परामा
निम्न तेह्र प्रकारका स्वरवर्ण छन्
- ,,,,,, ,,,,, अं, अः ।


उच्चारणका हिसाबले नेपाली स्वरवर्ण जम्मा ६ प्रकारका मात्रै
छन्
, ,,,, ‌ओ । अतिरिक्त लेख्य चिन्ह ई,, ,,, अं, अः लेख्य परम्पारामा
मात्रै प्रयोग हुन्छन् ।


नेपाली स्वर वर्णलाई उच्चारण गर्दा हुने उच्चारण अवयवको
भूमिका अनुसार निम्नलिखित तरिकाले वर्गीकरण गरिएको पाइन्छ ।


·        
मांसपेशीको आधारमा [दृढ स्वर इ  आ उ शिथिल स्वर ए अ ओ]


·        
जिब्रोको सक्रिय भाग (अग्र इ ए, केन्द्रीय आ र पश्च उ ओ अ)


·        
जिब्रोको उचाइ(उच्च उ इ, उच्च-मध्य ए ओ, निम्न-मध्य अ र निम्न आ)
·        
‍ओठको अवस्था (गोलित उ ओ र अगोलित अ आ इ
)
 
 

 

नेपाली व्यञ्जन वर्ण :
व्यञ्जन वर्ण भनेको फोक्सोबाट निस्किने श्वासमा वाधा उच्चारण हुने वर्णलाई  व्यञ्जन वर्ण भनिन्छ । यी स्वर वर्णको मद्धतले मात्र स्पष्ट रुपले उच्चारण गर्न सकिने हुन्छन् । लेख्य नेपाली  व्यञ्जन वर्ण ३६ ओटा छन् भने कथ्य नेपाली व्यञ्जन वर्ण २९ ओटा छन् । लेख्य तथा कथ्य नेपाली व्यञ्जन वर्णहरु निम्न अनुसार छन् ।

लेख्य वर्ण :
क्, ख्, ग्, घ्, ङ्
च्, छ्, ज्, झ्, ञ्
ट्, ठ्, ड्, ढ्, ण्
त्, थ्, द्, ध्, न्,
प्, फ्, ब्, भ्, म्,
य्, र्, ल्, व्, श्, ष्, स्, ह्,
क्ष्, त्र्, ज्ञ्
 
यसरी व्यन्जनको जम्मा
सङ्ख्या छत्तीस देखिए पनि क्ष
, त्र र ज्ञ संयुक्त
व्यन्जन हुन्
। श,ष र स को उच्चारण नै हुन्छ । ञ र ण को पनि
अन्य वर्णबाट सम्भव हुन्छ। यसरी
उच्चार्य नेपाली
व्यन्जन वर्ण निम्न मात्रै छन्
–  
कथ्य वर्ण :

                           


                     


                       


                       


                      


                


     
 

व्यञ्जन वर्णको वर्गीकरण :
                                                         
( क ) उच्चारण स्थानको आधारमा

( अ ) कण्ठ्य : क, ख, ग,घ, ङ
( आ ) ओष्ठ्य : प, फ, ब, भ, म, व
( इ ) दन्त्य : त, थ, द, ध
( ई ) वत्स्य : च, छ, ज, झ, ट, ठ, ड, ढ, न, र, ल, स
( उ ) तालव्य : य
( ऊ ) अतिकण्ठ्य : ह 

( ख ) उच्चारण प्रयत्नको आधारमा

( अ ) स्पर्शी :  क,  ट,  त,  प 
                    ख,  ठ,  थ,  फ
                    ग,  ड,  द,  ब 
                    घ,  ढ,  ध,  भ
( आ ) स्पर्शसंघर्षी : च, छ, ज, झ
( इ ) संघर्षी : स, ह 
( ई ) नासिक्य : ङ, न, म 
( उ ) प्रकम्पित : र
( ऊ ) पार्श्विक : ल 
( ए ) अर्धस्वर : य, व

( ग ) घोषत्वका आधारमा 

( अ ) अघोष : क,  च,  ट,  त,  प
                     ख,  छ,  ठ,  थ,  फ,  स
( आ ) सघोष : ग,  ज,  ड,  द,  ब 
                     घ,  झ,  ढ,  ध,  भ
                     ङ,  न,  म,  य,  र 
                     ल,  व,  ह  

( घ ) प्राणत्वको आधारमा 

( अ ) अल्पप्राण : क,  च,  ट,  त,  प
                          ग,  ज,  ड,  द,  ब
                          ङ,  न,  म,  य,  र 
                          ल,  व  
( आ ) महाप्राण : ख,  छ,  ठ,  थ,  फ
                         घ,  झ,  ढ,  ध,  भ
                         स,  ह 
---------------------------------
(अ) 
 उच्चारण स्थानको
आधारमा नेपाली व्यञ्जन


उच्चारण गर्दा घाँटीदेखि ओठसम्म सास रोकिने स्थानको आधारमा
व्यञ्जनवर्णको उच्चारण हुने स्थान पक्का गरिन्छ । उच्चारण स्थानका आधारमा वर्णको
वर्गीकरण निम्न अनुसार देखाइएको छ
:


१)    
अतिकण्ठ्य (स्वरयन्त्रमुखी)


घाँटीको तल्लो भाग वा
श्वासनलीको मुखबाट उच्चारण हुने वर्ण- ह ।


२)    
कण्ठ्य (कोमलतालु) ‌


नाक र मुखको प्वाल
छुट्टिने ठाउँदखि बाहिरपट्टि तालुको गिलो भाग हुन्छ । यसको ठीक तल जिब्रोको पश्च
भाग हुन्छ । त्यही कोमल भागबाट उच्चारण हुने वर्ण – क, ख, ग, घ, ङ ।


३)    
तालव्य


कोमलतालुभन्दा बाहिरतर्फ
साह्रो र चिल्लो भाग तालु हो । यो स्थानबाट उच्चारण हुने वर्ण : य


४)    
वर्त्स्य (दन्तमूलीय)


तालुको चिल्लो भाग
सकिएपछि दाँतको फेदसम्मको भागबाट उच्चारण हुने वर्णहरू च, छ, ज, झ, ट, ठ, ड, ढ, न,
र, ल, स दन्तमूलीय हुन् ।


५)    
दन्य


माथिल्ला दाँतका लहरमा
जिब्रोले छोएर उच्चारण हुने वर्ण त, थ, द, ध दन्य हुन् ।


६)    
‌ओष्ठ्य


तल्लो ओठ र माथिल्लो ओठको
सक्रियताबाट उच्चारण हुने वर्ण प, फ, ब, भ, म, व ओष्ठ्य हुन् ।
 
(आ) 
उच्चारण प्रयत्नका आधारमा नेपाली व्यञ्जन


वर्ण उच्चारण गर्दा उच्चारण हुने स्थान र त्यसलाई छुने अवयव
(करण)का कारणले श्वासमा प्रभाव पर्छ। जिब्रो, ओठ आदि गतिशील अङ्गले छोएर श्वासमा
प्रभाव हुनु उच्चारण प्रयत्न हो । उच्चारण प्रयत्नका आधारमा वर्णको वर्गीकरण निम्न
अनुसार देखाइएको छ
:


१)     स्पर्शी


उच्चारण हुने स्थान र
त्यसलाई छुने अङ्ग वा करण ट्याप्प जोडिएर सास पूरै रोकिएर उच्चारण हुने वर्ण  स्पर्शी हुन् ।                                              


                                                         


२)     सङ्घर्षी


उच्चारण अवयव (उच्चारण
हुने स्थान र त्यसलाई छुने अङ्ग) हल्कासँग टाँसिएर सुसाउँदै सास बाहिर निस्कने
वर्ण सङ्घर्षी हुन् ।      


३)     स्पर्ष-सङ्घर्षी


पहिले स्पर्श विधिमा जस्तै
ट्याप्पै जोडिने र पछि सङ्घर्षीमा जस्तै हल्का टाँसिएर उच्चारण हुने वर्ण
स्पर्ष-सङ्घर्षी हुन् ।                  


४)     नासिक्य


यस्ता वर्णको उच्चारणमा
नाकबाट सास जान्छ ।             


५)     कम्पित


सासको जोडले जिब्रो
थर्किएर उच्चारण हुन्छ ।      


६)     पार्श्विक


जिब्रोको उच्चारण स्थानमा
छुने तर छेउबाट सास गएर उच्चारण हुन्छ ।      


७)     अर्धस्वर


सास नरोकिने वा हलन्त
उच्चारण नहुने वर्ण अर्धस्वर हुन् ।       



       (आ)   घोषत्वको आधारमा
नेपाली व्यञ्जन (स्वरतन्त्रीको अवस्था)


श्वासनलीको मुखमा स्वरचिम्टी वा स्वरयन्त्री हुन्छ । यो
मासुको दुई पत्रले बनेको  र खुल्ने बन्द
हुने स्वभावको हुन्छ ।यसको आधारमा  वर्णलाई
दुई प्रकारले विभाजन गर्न सकिन्छ ।


१)    
घोष (सघोष)


स्वरचिम्टी हल्का जोडिएर हावाको जोडले घर्षण हुँदै उच्चारित
हुन्छन् ।


                                                 


                                                    


२)    
अघोष


स्वरचिम्टी निकट रहन्छ । कम्पन वा घर्षण नभई उच्चारण
हुन्छन् ।


                                                     




     (इ) 
प्राणत्वको आधारमा नेपाली व्यञ्जन (सासको मात्रा)


वर्णहरूको उच्चारणमा
फोक्सोबाट निस्कने सासको मात्रा  कम र बढी
हुनेगर्दछ । यस आधारमा महाप्राण र अल्पप्राण गरेर नेपाली वर्णलाई दुई भागमा विभाजन
गरिएको पाइन्छ ।


१)    
अल्पप्राण


उच्चारण गर्दा श्वासको शक्ति कम भएमा अल्पप्राण व्यञ्जनवर्ण
हुन्छन् ।


                                                 


                                          
   


२)    
महाप्राण


उच्चारण गर्दा श्वासको शक्ति कम भएमा महाप्राण व्यञ्जनवर्ण
हुन्छन् ।


                                                 


    


 
अक्षर : 
अक्षर स्वनिमभन्दा ठूलो एकाइ हो । फोक्सोबाट आएको सासको एक झट्कामा उच्चरित हुने ध्वनिहरूको समूहलाई अक्षर भनिन्छ । अक्षर उच्चारणसँग सम्बन्धित कुरा हो ।बोल्दा वा लेख्दा अक्षर सङ्ख्या फरक हुन्छ । जसरी उच्चारण गरिन्छ त्यसकै आधारमा अक्षरसङ्ख्या छुट्याउने गरिन्छ । अक्षरसङ्ख्या छुट्याउँदा स्वर वर्णलाई आधार मानिन्छ । स्तरीय उच्चारणमा जति स्वर वर्ण हुन्छन् त्यति नै अक्षर हुन्छन् । अन्त्यका आधारमा अक्षर दुईप्रकारका हुन्छन् - मुक्ताक्षर र बद्धाक्षर । अक्षरमा हुने वर्णहरूको सङ्ख्या र क्रमका आधारमा नेपाली भाषामा निम्न आठ प्रकारका अक्षरहरूको संरचना पाइन्छ :                                              
                                                      

अक्षर संरचना र अक्षरसङ्ख्याका आधारमा नेपाली शब्दको पहिचान :